OM Samaj Dental Hospital

काठमाडौं, १८ मंशिर र त्रिमुर्ति सह शिक्षा बिधालय बासबारीमा ओम समाज डेन्टल हस्पिटलले नि:सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटल र त्रिमुर्ति सह शिक्षा बिधालयको संयुक्त सक्रियतामा दात मुख सम्बधि स्वास्थ्य शिविर आयोजना भएको थियो । सो अवसरमा २५० जना बालबालिका, विधार्थी , अभिभावक, शिक्षक,शिक्षिका र स्थानीयबासीहरुको स्वास्थ्य परीक्षण गरियो दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजना गरिएको थियो ।

उक्त शिबिरमा ओम समाज डेन्टल हस्पिटलका दन्त्य चिकित्सकहरुको टीममा डा।सुजना अधिकारी, डा। निरज पोख्रेल सहित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको प्रयोग गरियको थियो जसमा डेन्टल चेयर, कम्प्रेसर लगायतका सामाग्रीहरु जडित छन् । शिविरमा स-साना बालबालिकालाई ब्रस गर्ने सहि तरिकाको बारेमा पनि सीकाइएको थियो भने दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्नेबारेमा पनि डाक्टरहरुद्धारा बिरामीहरुलाई जानकारी दिईएको थियो भने  बिधालय का प्रिन्सिपल भोज कुमार धमला ले स्वास्थ्य शिविरले बिधार्थीहरुमा उत्साह थपिएको बताएका थिए /
यस्ता शिविर समय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने विद्यालयका शिक्षक तथा अभिभावकको धारणा रहेको थियो ।


प्राय स-साना केटाकेटीहरुमा दात भन्ने बित्तिकै डर उत्पन्न हुन्छ र दात निकाल्ने औजार देखेपछी रुन कराउन थाल्छन र ठुलो मानिसमा पनि दात मुखको स्वास्थका बारेमा धेरै जानकारी छैन तेसैले ओम समाज डेन्टल हस्पिटलले सबैमा मुखको स्वास्थका बारेमा जानकारी होस् भन्ने उदेश्यका साथ् निस्सुल्क शिबिरहरु आयोजना गर्दै आईरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *