बुढानिलकण्ठ, आषाढ २१ सोमबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मानव अधिकारको लागि एकल महिला समुह हात्तिगौडा बुढानिलकण्ठका बीच दन्त रोगको उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतामा एकल महिला समुहकी अध्यक्ष कुन्दा शर्मा र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता बमोजिम मानव अधिकारको लागि एकल महिला समुह हात्तिगौडा बुढानिलकण्ठका सदस्य लाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ । उक्त कार्यक्रममा बोल्दै वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे दाँत र मुखको सुरक्षाले मात्र ठूलाठूला रोग लाई जिन्त सकिने हुदा सबैमाझ दन्त उपचार सहज सुलभ होस् भन्ने उदेश्यका साथ् “जस्को दाँत सबल उसको जीबन सफल” भन्ने राष्ट्रिय अभियानमा आफू हरु लागिरहेको जानकारी दिनुभयो ।
भने मानव अधिकारको लागि एकल महिला समुह हात्तिगौडा महिला समुहकी अध्यक्ष कुन्दा शर्माले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नुभयो ।
उक्तकार्यक्रममा बुढानिलकण्ठ नगरपालिका मेयर उद्दब खरेल ,एकल महिला समुह संस्थापक लिली थापा , शिक्षाविद कर्ण बहादुर शाही, सामाजिक अभियान्ता अनिल कुमार थापा, शान्ति महर्जन ,समाजसेबी चन्द्रिका भट्टराई लगाएतका बरिस्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।