अषार १३, इन्द्र अन्नपूर्ण योग केन्द्र द्वारा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भयो / यस योग केन्द्रको आयोजनामा लाइन्स इन्टरनेसनल क्लबको संग्लनतामा ओम समाज डेन्टल हस्पिटल तथा ग्रान्डी इन्टरनेसनल हस्पिटलको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ /
कोभिड 19 को महामारीको यस्तो जटिल अबस्थामा यस केन्द्रले रक्तदान जीवन दान भन्ने मूल मन्त्रलाई आत्मसाथ् गर्दै लायन्स केशव पाण्डेले रक्तदान गर्ने महानुभावहरुलाई सामाग्री उपलब्ध गराउदै उद्घाटन गर्नुभएको थियो भने उहाँले आफ्नो मन्तब्यका क्रममा मुख स्वास्थको महत्वमा जानकारी गराउदै रक्तदान गर्दाका फाइदाको बारेमा जानाकारी दिनुभयो /
उक्त कार्यक्रममा पूर्व district गभर्नरहरु ,लायन्स शम्भु घिमिरे, ,लायन्स रुद्र हरि ज्ञवाली ,लायन्स बिष्णु बज्राचार्य कलाकार संजय खतिवडा र अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारी ज्यूको उपस्थितिमा भएको कार्यक्रमको सभापतित्व उक्त योग केन्द्रका अधक्ष्य डा.सुभास कुमार घिमिरे ज्यूले गर्नुभएको थियो र उक्त कार्यक्रममा डा। सुभास कुमार घिमिरे ज्यूले योगलाई लायन्ससंग जोडेर संसार योगमय स्वस्थमय बनाउनेमा जोड दिदै, जसको दाँत सबल उसको जीबन सफल भन्ने नारालाई सबै मिली सफल पार्नुपर्छ भन्दै रक्त दान दिने र कार्यक्रम सफल पार्ने महानुभावहरुलाई धन्यबाद दिदै लायन्स केशव पाण्डे ज्यूले प्रसंसापत्र वितरण गर्नुभएको थियो /
यसै कार्यक्रममा डा। सुभास घिमिरे ज्यूको अधक्ष्यतामा नयाँ लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग केन्द्र घोषणा गरिएको थियो भने उक्त कमिटीमा दिपक महर्जन ,कृष्ण घिमिरे ,बिश्वभर मैनाली ,साधुराम पौडेल ,इन्द्र बहादुर न्यौपाने लगाएत २६ जना महानुभावहरुको संग्लनता रहेको छ /
कार्यक्रममा ओम समाज डेन्टल तथा Medi-Point को प्राबिधिक सहयोगमा १५० जनाको निस्शुल्क सुगर तथा प्रेसरको चेक जाँच गरिएको थियो /