OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेन्टल हस्पिटल र मुक्तिनाथ विकास बैंक बिच सहकार्य

मुक्तिनाथ विकास बैंक को प्रधान कार्यालय कमलादी, काठमाण्डौमा बिहिबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मुक्तिनाथ विकास बैंक बीच दन्त रोगको उपचार, जनचेतना गर्नका लागि सहकार्य गर्ने निर्णय भएको छ ।ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे तथा मुक्तिनाथ विकास बैंक का CEO प्रद्युमन पोख्रेल ले सहमति पत्र मा हस्ताक्षर गर्नु भयको थियो । उक्त सहमतिपत्र मा मुक्तिनाथ विकास बैंक मा कार्यरत कर्मचारी तथा बैंक का सेवाग्राही लाई दन्त रोगको उपचार मा छुट को ब्यबस्था गरियको छ ।यसै कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे ले मुक्तिनाथ विकास बैंक का CEO प्रद्युमन पोख्रेल लाई माया को चिनो दिदै दन्त स्वास्थ हाम्रो लागी अभिन्न अंग हो यसमा हेलचेक्र्याइँ गर्नाले ठुलो रोग को सामना गर्नुपर्छ तेसैले समय मा नै सजक रहन आग्रह गर्दै “जस्को दात सबल ,उस्को जिबन सफल ” भन्नु भयो ।उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंक का CEO प्रद्युमन पोख्रेल ले दन्त स्वास्थमा जनचेतना फैलाउने कार्यमा आफुहरु पनि इच्छुक रहेको र अब यस्ता सामाजिक कार्यक्रमहरुमा सहकार्य गरि अघि बढ्ने कुरा जानकारी दिदै ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नुभयो ।


बैठकमा मुक्तिनाथ विकास बैंकका बशन्त बक्षी, तिल बहादुर गुरुङ र निरन्जन खड्का तथा ओम समाज डेन्टल हस्पिटलका तर्फ बाट प्रशासन प्रमुख अजय रेग्मी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *