आजभोलि दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमिरिका, युरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पारिरहेको छ । बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ ।
यतिखेर सबैलाई बिभिन्न कारणले समस्याग्रस्त बनाईरहेको छ । यस्तो अस्तव्यस्त समयमा बिरामीको पिडालाइ मुक्त गरि बिरामीले हाँसेर दिएको आशिर्वाद हाम्रो लागि अमूल्य छ । हामी सबैको मुहारमा खुशी देख्न चाहन्छौ । यहि मुहारमा खुशी देख्न हामीले लक् डाउन अबधिभर नि:सुल्क उपचार घर घरमा कार्यक्रम सम्पन्न गर्दै सर्बसाधारण तथा पत्रकार गरि ४९९ जनाको नि:सुल्क उपचार दिन सफल भएका छौ ।
यस हस्पिटलको मूल नारा “जसको दाँत सबल उसको जीबन सफल” अन्तर्गत यस हस्पिटलले सबै बर्ग समुदायलाई समेट्ने गरी समय समयमा बिभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
यहि संकटको समयमा बिधार्थीहरुलाई लक्षित गर्दै SEE (Secondary Education Examination) 077 दिन तयारी अबस्थामा बसेकाको लागि नि:सुल्क सदस्यता वितरण, निसशुल्क चेक जाँच, दाँत सफा गर्दा तथा बाङ्गो टिङ्गो दाँतको उपचारमा बीस (२०%) प्रतिसत छुटको ब्यबस्था सहितको कार्यक्रम ल्याएको अस्पताल प्रसासनले जानकारी दिएको छ । यो छुट लिन प्रबेश पत्र वा कुनै आधिकारिक कागज पेस गर्नु पर्ने छ र यो छुट कार्यक्रमबाट बाङ्गो टिङ्गो दाँतको समस्याले ग्रसित बिधार्थीहरुले यो संकटको समयमा राहत पाउने जनाइएको छ ।