OM Samaj Dental Hospital

 

काठमाडौं। मेधाबी बचत तथा ऋण सहकारीले चन्द्रागिरी नगर पालिकाको वडा नं १४ स्थित नयाँ नैकापमा सेबा काउन्टर बिस्तार गरेको छ।

चन्द्रागिरी नगर पालिकाको वडा नं १४ का वडा सदस्य चम्पा रोक्काले सेबा काउन्टरको उद्घाटन गर्नुभएको थियो ।

उक्त सेबा काउन्टरको उद्घाटन गर्दै रोक्काले यस सहकारीले हाम्रो क्षेत्रमा रही प्रभाबकारी वित्तीय सेबा प्रदान गरोस भन्दै यस संस्था लाई सफलताको शुभकामना व्यक्त गर्नुभयो र दाँत मुखको क्षेत्रमा मात्र नभई वित्तीय क्षेत्रमा पनि आफ्नो महत्वपूर्ण भुमिका निर्बाह गर्नुभएको मा यस संस्था तथा ओम समाज डेन्टल अस्पतालका अधक्ष्य डा।सुबास घिमिरेलाई धन्यबाद ज्ञापन गर्दै वडाले सदैब यस संस्थालाई सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै अधक्ष्य डा।घिमिरेले हामी एक राष्ट्रिय अभियान मा रहेको बताउँदै स्वास्थ र शिक्षामा मात्र नभई आर्थिक स्वस्थता पनि मानब जिबनमा अति नै आबस्यक भएको हुनाले यस मेधाबी बचत तथा ऋण सहकारीको स्थापना गरि हाल सेबा काउन्टरको रुपमा चन्द्रागिरी नगर पालिकाको वडा नं १४ मा संचालनमा ल्याएको बताउनु भयो ।

उक्त कार्यक्रममा वडा न १४ का महिला सदस्य तथा कार्यपालिका सदस्य रिना महर्जन, लगायतका बिशिस्ट व्यक्ति हरु दयाराम थापा, राज भाइ महर्जन, ईन्द्र न्यौपाने, देवेन्द्र प्रधान, दिपक महर्जन, मोहन कार्की ,रामेश्वर जंग के।सी, मोहन कुमार कार्की लगाएतका अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *