OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार

 

 

काठमाडौं, फाल्गुन १७ , ओम समाज डेन्टल हस्पिटलले चाबहिल स्थित हेल्पिंग हेन्डस  सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ।

उक्त सेबाको उद्घाटन हेल्पिंग हेन्डस  सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटल का अधक्ष्य डा .सुबाश घिमिरेले संयुक्तरुपमा  गर्नु भएको थियो /

उक्त उद्घाटन समारोहमा काठमाण्डौ  महानगरपालिका वडा न  ७ का वडा सदस्य श्री कृष्णमणि भट्टराई, ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर के.सी, सल्लाहकार मोहन पोख्रेल लगाएत हेल्पिंग हेन्डस  अस्पतालका बरिस्ट  कर्मचारी हरुको पनि उपस्थिति रहेको थियो /  

कार्यक्रममा बोल्दै डा.घिमिरेले ओम समाज डेन्टल हस्पिटल “जसको  दाँत सबल उसको जिबन सफल ” भन्ने एक रास्ट्रिय  नाराका साथ् अघि बढिरहेको बताउदै कोहि पनि कुनै कारणले पनि उपचार बाट बन्चित हुन् नपरोस सबैको लागि उपचार सहज,सुलभ होस् भन्ने उदेस्यले यस सामुदायिक अस्पतालमा आफ्नो सेबा बिस्तार गरेको जानकारी गराउनु भयो /

भने अधक्ष्य डा. श्रेष्ठले हेल्पिंग हेन्डस  सामुदायिक अस्पतालमा अब जुनसुकै ( बिभाग) रोग का बिरामीको उपचार सम्भब भएकोमा खुशी व्यक्त गर्नुभयो /

हाल उक्त बिस्तारित शाखामा उपचार का लागि डा शोभा योंग हांग,डा रिमिशा भट्टराई रहनु भएको तथा यहि चैत्र ७ गते सम्म बिश्व मुख स्वास्थ दिबसको उपलक्ष्यमा नि:सुल्क चेक जाच तथा छुट को ब्यबस्था गरिएको अस्पताल प्रसासनले जानकारी दिएको छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *