OM Samaj Dental Hospital

जेष्ठ १२, ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा पोखरामा पनि निःशुल्क एम्बुलेन्स अभियान सञ्चालन हुने भएको छ । गरिब तथा न्यून वर्गका कोरोना सङ्क्रमितको उपचारार्थ निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने हेतुले काठमाण्डौबाट शुरु भएको अभियान पोखरामा  पनि सञ्चालन हुने भएको हो ।

हस्पिटलसँगको  सहकार्यमा नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा विभिन्न कलाकार तथा अभियन्ताको पहलकदमीमा काठमाण्डौबाट करिब तीन साता अघि शुरु भएको निःशुल्क एम्बुलेन्स अभियान बुधबारबाट पोखरामा पनि सञ्चालन गर्न लागिएको छ ।

बुधबारदेखि पोखरामा हेल्प डेस्क स्थापना गरेर कास्कीसहित गण्डकी प्रदेशका ११ जिल्लाभर सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुनेछ । त्यसका लागि अक्सिजन सहितको एउटा एम्बुलेन्स लिएर टोलि पोखरा पुगिसकेको छ ।

अभिएन्ता एबम ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा.सुभास घिमिरेका अनुसार सरकारी तथा निजी सङ्घ संस्था सँगको सहकार्यमा कोरोना संक्रमितलाई निःशुल्क अस्पताल पुर्‍याउने तथा आवश्यक परामर्श दिने हाम्रो मुख्य लक्ष रहेको बताउदै अहिले अक्सिजनसहितको एउटा एम्बुलेन्स लिएर आएको सम्बन्धित पक्ष सँग सहकार्य गरेर विभिन्न एम्बुलेन्स मार्फत प्रदेशभर गरिब तथा न्यून वर्गका कोरोना सङ्क्रमितहरूको उद्धार गरिने उल्लेख गर्नुभयो ।

उक्त कार्यमा हाल पोखरामा खटिनु भएका ज्ञानेन्द शाहीका  अनुसार स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्री लगायत सँग अभियानका विषयमा कुरा गरेको बताउँदै उनीहरू सँगको समन्वयमा अभियान अघि बढाइने बताउनुभयो । गण्डकी प्रदेशमा १९० वटा एम्बुलेन्स सञ्चालनमा रहेको जानकारी आफूहरूले पाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *