चैत्र २१, गोपीकृष्ण अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् बौद्ध स्थित बौद्ध गुम्बामा बाल सचेतना केन्द्र नेपाल को सहयोगमा निःसुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ ।
हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय पचास जनाको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो भने सबै बिरामीहरुलाई निःसुल्क ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र सीविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।
उक्त शिविरमा ओम समाज हस्पिटलका डा.युनिषा श्रेष्ठ,डा.आज्ञा तिमिल्सिना , तथा सहाएक साबीत्रा निरौलाको टिमले शिविरको व्यवस्थापन गरको थियो ।
हस्पिटलले शिविरमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निःसुल्क गरेको थियो भने यसअघि पनि यस्ता खालका थुप्रै शिबिर,जनचेतनामुलक कार्यक्रम हरु यस हस्पिटलले सम्पन्न गर्दै आइरहेको छ ।
शिविरमा ओम समाज डेन्टल हस्पिटलले बिरामीलाई आजिबन सदस्य कार्ड बितरण गरेको थियो ।