काठमान्डौँ मङ्सिर २६ , गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो, सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जीवन सफल ” नारा का साथ काठमाण्डौ कपन स्थित बुढानीलकण्ठ नगरपालिका ११ न। वडा कार्यालय कपन काठमाडौंमा नि:सुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय दुई जना बिरामीहरुको दन्त रोग विशेषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गींजाको उपचार गरिएको थियो भने सबै बिरामी सहभागी हरुलाई नि:सुल्क ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र शिविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाह सुझाव पनि दिएको थियो ।
उक्त शिविरमा ओम समाज हस्पिटलका दन्त्य चिकित्सक डा।रश्मी सुबेदी , असिस्टेन्ट सावित्रा निरौला लगाएत अन्य चिकित्सक टिमले शिविरको व्यवस्थापन गरेको थियो । हस्पिटलले यस शिविरमा पनि सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन नि:सुल्क रुपमा गरेको थियो ।
शिविरमा वडा बासिहरुलाई गुणस्तरिय दाँत मुखको नि:सुल्क सेबा प्रदान गरेको भन्दै कपन वडा न ११ का वडा अधक्ष्य राजु अधिकारीले ओम समाज डेन्टल हस्पिटल प्रति आभार प्रकट ब्यक्त गर्नु भयो ।
Categories