OM Samaj Dental Hospital

गोपीकृष्ण चाबहिलमा  अवस्थित ओम समाज डेन्टल हस्पिटलले आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् चैत्र ३१ गते अरुनिमा सेकेण्डरी बिधालय बौद्धमा लक्ष्मी प्रतिष्ठान बाट संचालित काभ्रे जिल्लाको श्री सरस्वोती माध्यामिक बिधालयका चेपांग छात्र/छात्रा हरुको नि:सुल्क  दन्त्य परिक्षण गरेको छ ।

                             
शिबिरमा ४० जना चेपांग छात्र/छात्रा हरुको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएका थिए भने सबैलाई नि:सुल्क  ब्रस , मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र  केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।

उक्त शिविरमा डा।सम्पदा श्रेष्ठ,डा।अमृता ढकाल सहाएक सावित्रा निरौलाको टिमले शिविरको व्यवस्थापन गरको थियो ।

उक्त शिविरमा हस्पिटलले सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन नि:सुल्क  गरेको थियो  भने लक्ष्मी प्रतिष्ठानले ओम समाज डेन्टल हस्पिटल तथा नि:सुल्क शिबिरमा खटिएका चिकित्सक लाई प्रसंसा पत्र प्रदान गरेको थियो ।

                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *