OM Samaj Dental Hospital

चावहिल फाल्गुन ८, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ” नारा का साथ् ललितपुर जाउलाखेल चोकमा पातान्जल योग समिति तथा डाईनामिक योग समुह को आयोजनामा निशुल्क दन्त शिविर तथा रक्त दान कार्यक्रम सम्पन्न गरेको छ ।


हस्पिटलले सञ्चालन गरेको शिविरमा दुई सय जनाको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो भने सबै बिरामीहरुलाई नि:सुल्क  ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र सीविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।


उक्त शिविरमा ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे लगायत डा।रिमिसा भण्डारी,डा।शोभा घिमिरे,डा नुया योंगहांग हाइजिनिस्ट राम माया काउचा तथा असिस्टेन्ट सावित्रा निरौला को टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निशुल्क गर्दै आईरहेको छ ।

उक्त शिविर तथा रक्त दान कार्यक्रममा महानगर प्रहरी परिसर ललितपुरकि प्रमुख किरण बज्राचार्य योग गुरु बिष्णु बिस्ट,कपिल शाही,डाईनामिक योग समुह पदाधिकारी तथा अन्य बिसिस्ट व्यक्तित्व हरुको समेत उपस्थिति रहेको थियो /


शिविरमा ओम समाज डेन्टल हस्पिटलले बिरामीलाई आजिबन सदस्य कार्ड बितरण गरेको थियो /

Leave a Reply

Your email address will not be published. Required fields are marked *