फाल्गुन २९ , गोपीकृष्ण अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् श्री प्रभात माध्यामिक महादेवस्थान चेकपोस्ट थानकोटमा श्री सत्य साइ केन्द्र को सहयोगमा नि:सुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ ।यस फाल्गुन महिना भर यस हस्पिटलले २२ स्थानमा नि:सुल्क शिबिर सम्पन्न गरिसकेको छ ।
हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय दस जनाको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो भने सबै बिरामीहरुलाई नि:सुल्क ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र सीविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।
उक्त शिविरमा ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।एम।डी।वालिद डा।गृस्मा भण्डारी, हाइजिनिस्ट करिस्मा तथा शोभा शाक्य,अन्जना खड्का को टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन नि:शुल्क गर्दै आईरहेको छ ।
उक्त शिविरमा श्री सत्य साइ केन्द्रका अधक्ष्य राधा सिलवाल,नेपालकै पहिलो आखा चिकीत्सक डा।राम प्रसाद पोख्रेल, लाएन्स का बरिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
शिविरमा ओम समाज डेन्टल हस्पिटलले बिरामीलाई आजिबन सदस्य कार्ड बितरण गरेको थियो ।