OM Samaj Dental Hospital

Categories
news

२५५ जना को निसुल्क दन्त्य स्वास्थ्य परीक्षण

काठमाडौं, १५ बुधबार , माघ –वेस्ट पोइन्ट हायर सेकेण्डरी स्कुल थानकोट मा ओम समाज डेन्टल हस्पिटल नैकापले निस्सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटलको सक्रियतामा दात मुख सम्बधि निस्सुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो सो अवसरमा २५५ जना को दन्त्य स्वास्थ्य परीक्षण गरियो भने उक्त शिविरमा नाक कान घाटी , आखा, को चेक जाच् गरिएको थियो


शिबिर दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजना गरिएको थियो । उक्त शिबिरमा ओम समाज डेन्टल अस्पतालका बरिस्ठ दन्त्य रोग बिशेसज्ञ सहित अत्याधुनिक सुविधा सम्पन्न प्रबिधिको प्रयोग गरियको थियो । शिविरमा ब्रस गर्ने सहि तरिकाको बारेमा पनि सीकाइएको थियो भने दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्नेबारेमा पनि डाक्टरहरुद्धारा बिरामीहरुलाई जानकारी दिईएको थियो ।
यस्ता शिविर समय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने शिबिरमा उपस्थित बिरामी हरुको धारणा रहेको थियो ।
ओम समाज डेन्टल हस्पिटलले सबैमा मुखको स्वास्थका बारेमा जानकारी होस् भन्ने उदेश्यका साथ् निस्सुल्क शिबिरहरु आयोजना गर्दै आईरहेको र यस्ता निसुल्क  शिबिर लाई निरन्तता दिने जानकारी दिईएको थियो भने दन्त्य स्वास्थ मा सहभागी लाई  आजिबन सदस्यता कार्ड  वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *