बिगत लामो समय देखि संचालित जसको दाँत सबल उसको जीवन सफल मूल नारा सहित दन्त्य रोगको उपचारबाट कोहि पनि बन्चित हुन नपरोस् भनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दन्त्य शिबिरहरु संचालन गरिरहेको र विज्ञहरुले सेवा दिने ओम समाज डेन्टल हस्पिटल सबैको माझ सर्वविविधतनै छ |
अहिले जताततै कोरोनाले विश्वलाई नै आतंकित, त्रसित बनाइरहेको छ, हामी घरबाट निस्कने वातावरण छैन । हामि घरमा बसेर मात्र सुरक्षित हुन्छौं । घरबाट बाहीर निस्कन पाइदैन र निस्कन पनि हुँदैन यस्तो बेलामा कसैलाई दाँत दुखाइको पिडाले घरमा बस्न नपरोस् भनी अत्याधुनिक सुबिधा सम्पन्न अत्याधुनिक डेन्टल उपकरण जडित एम्बुलेन्सको सहायताले दन्त्य चिकित्सकले आवश्यकता अनुसार दन्त्य उपचार सेवा घरघरमा दिने भएका छन् । यो उपचार सेवा निसुल्क हुनेछ ।
अस्पतालका प्रसासन प्रमुख अजय रेग्मीका अनुसार सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास हो, हाम्रो उदेश्य भनेको कोहि पनि दाँत को उपचारबाट बन्चित हुन नपरोस् , कसैले पनि दुख नपाउन , जो अशक्त,जेस्ठ नाग़रिक वा अन्य कुनै रोगले हिडुल गर्न नसक्ने हुनुहुन्छ उहाँहरुलाइ दाँत मुख को समस्याले अफ्ठ्यारो पारेको छ भने घरमै गएर निसुल्क आपतकालीन सेवाको उपचार गर्ने ब्यबस्था मिलाएका छौँ । जसका लागि बिरामिहरुले आफ्नो फोन नम्बर हामिलाइ फोन गरि टिपाउनुपर्ने र हाल लाइ यो सेवा बिहान ११ बजे देखि २ बजेसम्म रहने र यहि बैशाख ७ गते आइतबारदेखि सुचारु हुने ब्यबस्था मिलाइएको जानकारी दिनुभयो |