OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटल तथा नामाडी रामेछाप काठमाडौं समाजको सयुक्त आयोजना मा फागुन ९ गते नि शुल्क दन्त शिबिर कार्यक्रम सम्पन्न भएको छ /
उक्त सिबिर मा ओम समाज डेन्टल होस्पिटल को तर्फ बाट बरिस्ठ दन्त रोग बिसेसज्ञ डा।सुभाष कुमार घिमिरे को नेतृत्वमा रहेको टोलीमा डा।हर्दिप कौर,डा।प्रीति गुप्ता लगायतको सहभागी रहेको थियो भने सो अबसरमा १६५० जना को दन्त स्वास्थ्य परिक्षण लगायत १३०० जनालाइ ब्रुष तथा मन्जन वितरण गरियको थियो् /
नामाडी रामेछाप काठमाडौं समाजको स्थापनाको उदेस्य अनुरुप वृद्ध,बृदा आर्थिक बिपन्नाता,असाहय का लागि यस्ता शिबिर समय समयमा हुनेगरेमा मुख स्वाथ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाइनहुने त्यस समाजका अधक्ष श्री बाहादुर खड्काले बिचार बेक्त गर्नुभयो् /

उक्त शिबिर लाइ प्रोस्थान गर्दै प्रदेश सांसद माननीय शान्ति प्रसाद ले ओम समाजको सामाजिक अभियान लाइ साथ दिने बाचा गर्नु भयो,र गोकुल गंगा गाउपलिका प्रमुखले पनि यस्ता शिबिर को आयोजनाले सामाजिक उत्थान मा मद्दत गर्ने कुरा बतउनु भयो र ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ दन्त रोग बिसेसज्ञ डा।सुभाष कुमार घिमिरे सबैको लागि दन्त उपचार सरल र सुलब बनाउन आफु लागि परेको भन्दै जसको दात सबल उसको जिबन सफल भन्नु भयो /
साथै शिविरमा ओम समाज डेन्टल हस्पिटलका तर्फ बाट आजिबन सदस्य कार्ड वितरण गारिएको थियो /

Leave a Reply

Your email address will not be published. Required fields are marked *