Skip to main content

OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल फाल्गुन २३, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ” नारा का साथ् काठमाण्डौ बौध्द स्थित जोन एकेडेमी स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
हस्पिटलले सञ्चालन गरेको शिविरमा चार सय  जना विद्यार्थिहरु तथा एकसय जना अभिभावक को दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको छ भने सबै विधार्थी हरुलाई निस्सुल्क ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र सीविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।

 


उक्त शिविरमा ओम समाज हस्पिटलका डा।सिजन श्रेष्ठ,हाइजिनिस्ठ मनिषा बस्नेत, असिस्टेन्ट सावित्रा निरौला तथा सागर काफ्लेको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निशुल्क गर्दै आईरहेको छ ।
शिविरमा बिरामीलाई आजिबन सदस्य कार्ड बितरण गर्दै आइरहेको हस्पिटल प्रशासनले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *