OM Samaj Dental Hospital

Categories
news

कसरी तपाईको मुहारमा सदैब मुस्कान आउंछ र भविष्यमा पैसा बचत हुन्छ ?

नियमित दन्त चिकित्सकसंगको चेक जाँचले गर्दा तपाईंको दाँत जहिले पनि स्वस्थ अवस्थामा रहन्छ। सबै दन्त्य चिकित्सकहरुले यो सिफारिश गर्दछन् , कि तपाइँ एक वर्षमा कम्तिमा दुई पटक आफ्नो दन्तचिकित्सकसंग चेक जाँच वा परामर्श गर्नुहोस्, प्राय हामी हाम्रो दाँत नदुखुन्जेलसम्म दन्त्य चिकित्सकलाई हत्तपत्त भेट गर्दनौ तर अब यसो नगर्नुहोस् ।

तँपाईले नियमित परामर्स गर्नाले निम्न धेरै फाइदाहरु पाउनसक्नु हुनेछ

१) दाँतको क्षति हुनबाट रोक्नुहोस्

दन्त्य चिकित्सकहरूले चाँडैनै कुनै दाँतमा समस्या आउनु आउंदै छ । भने तत्काल समस्याको निदान गर्छन । आज भोलिको मिसावट भएको खानाबाट हाम्रो दाँतको बाहिरी तहको विनाश छिट्टै हुन्छ ।यस्ता कुराहरु हामीलाई भयाबह अबस्था नआउन्जेलसम्म याद हुँदैन ।

२) दाँत सड्नबाट रोकिन्छ

अनुसन्धानले यो देखाउँदछ कि कुनै चार मध्ये एक वयस्कले दिनको दुई पटक दाँत माज्दैन, भने १० मध्ये एक व्यक्ति नियमित रूपमा दाँत सफा गर्न बिर्सन्छन्। हाम्रो दाँतको आफनै बनावट हुन्छ । हामीले नियम पूर्वक ब्रश गरेनौ भने हाम्रो दाँतमा बिस्तारै बिस्तारै एक प्रकारको लेउ लाग्छ त्यो लेउले बिस्तारै बिस्तारै हाम्रो दाँतलाइ सडाउने, गलाउने गर्छ । र हाम्रो गिजाको भागलाई पनि तल खस्काउँदै जान्छ अनि हाम्रो दाँत हल्लिन सुरु गर्छ ।

३ )गिजाको रोग लाग्नबाट रोकिन्छ

हाम्रो दाँतलाइ हड्डी, मासु(गिजा)ले समातेको हुन्छ हामीले जहिले पनि दाँतलाई बलियो बनाउन पहिले गिजा बलियो बनाउन आवस्यक छ ।
दन्तचिकित्सकसंग नियमित चेक जाँच गर्नाले तपाईले ओरल हाइजिनका कुराहरु सही ब्रशिंग तरिकाहरु र अहिलेको अबस्था सजिलै थाहा पाउन सक्नुहुन्छ ।

४) भविष्यमा पैसा बचत हुन्छ
मुख सम्बन्धी समस्याहरू प्रारम्भिक रूपमा पहिचान गर्दा तँपाईको पैसा बचत हुन्छ । तपाईंको दाँतको नियमित चेक जाँचले तपाईंको गिजाको रोग र दाँत क्षय हुने सम्भावना कम हुन्छ , र यसो गर्नाले तपाईंले भबिस्यमा दाँतको महँगो उपचार र समय दुवै बचाउन सक्नुहुन्छ ।

५) तपाईको मुहारमा सदैब मुस्कान आउंछ
चमकदार सेतो मोती जस्तो दाँत सबैको रहर हुन्छ । दाँत राम्रो बलियो छ भने मज्जाले बोल्न र हाँस्न पाउँछौ। अमेरिकन एकेडेमी अफ कस्मेटिक डेंटिस्ट्रीको एक अध्ययनले वयस्कहरूको विचारमा मुस्कानको आकर्षक ७४ प्रतिसत हुने जनाएको छ तेसैले तँपाई आफै बिचार गर्नुस ।।।।।।।।।।।।। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *