खाना खाइसकेपछि धेरैको बानी हुन्छ, सुपारी चपाउने । खाना खानासाथ सुपारीको टुक्रा चपाउने तलतल लाग्छ । कतिले ठान्छन्, ‘सुपारीले खाना पचाउँछ ।’तर सुपारीले के कस्ता असर गर्छ त् हामीले बुझ्न जरुरि छ ।
मुखमा समस्या :
सुपारी तथा सुपारीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने मुखका समस्यामा दाँत खिईने, स–साना चिरामार्फत् रसभित्र पसेर दाँतको रंग परिवर्तन हुने, दाग बस्ने, टुक्रा परी भाँचिने र खस्रो हुने, खोकी लाग्ने, मुख खोल्न कठीन हुने, पोल्ने, मसला र पीरो खान नसक्ने, गालाको भित्री भागमा एक वा दुवैतिर सेतो–खैरो दाग देखिने लगायतका समस्या हुन्छ । त्यसपछि ओरल सबम्युकस फाईब्रोसीस भएर अन्त्यमा मुखको अर्बुद रोगसम्म हुन सक्छ ।
मुटु रोग:
सुपारीको सेवन र मुटु रोग बीच घनिष्ठ सम्बन्ध रहेको छ । अत्याधिक मात्रामा सुपारीको सेवनले मुटु सम्बन्धि जोखिम निम्त्याउनुका साथै माटोपना निम्त्याउने गर्छ ।
रसायनिक प्रतिक्रिया:
अन्य औषधी तथा हर्वलसित मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिक्रिया जनाउँछ । यसले औषधीको प्रभावकारीतामा समेत र्हास ल्याउँछ ।
तेसैले यसले स्वास्थ्यलाई राम्रो गर्ने होइन, बरु हानी पुर्याउँछ । यसले शरीरमा लत लगाउनुका साथै सुपारीको बानी पार्छ, जुन छोड्न समेत गार्हो हुन्छ । त्यसैले चिकित्सकहरु जो कसैलाई सुपारी नखाने सल्लाह दिने गर्छन् ।