OM Samaj Dental Hospital

Categories
news

बच्चाको दाँतको हेरबिचार गर्ने बिधि

हामी सबैले आफ्नो बच्चाको दाँत स्वस्थ राख्न चाहन्छौ । बच्चाको दाँत स्वस्थ भएमा खान, बोल्न तथा प्रस्ट बोल निकाल्न ठुलो मद्दत पुर्याउछ । बच्चाको दाँतको हेरबिचार राम्ररी नगर्नाले बिभिन्न संक्रमण लगाएत रोगहरु निम्त्याउन सक्छ। जब बच्चाको दाँत निस्कन थाल्छ, त्यस्तो समयमा बच्चाको दाँत दुख्नु उदास हुनु ,रुनु , भोक कम हुनु र निन्द्रामा समस्या आउनसक्छ ।

बच्चाको दाँतको हेरबिचार गर्ने बिधि

१) सफा औंलाले तंपाईको बच्चाको गिजालाई मसाज गरिदिनुहोस् ।
२) बच्चालाई दुध वा कुनै कुरा खुवाइसकेपछि सफा कपडा वा कपासले बच्चाको दाँत वा गिजालाई पुछिदिनुहोस् ।
३)  जब तपाईंको बच्चाको दाँत निस्कन थाल्छ , दिनमा दुई पटक दाँत र मुख सफा गर्नुहोस् ।
४) जब तपाईंको बच्चा १ देखि २ वर्षको हुन्छ, पानीको साथ नरम टुथब्रश हातमा राखी ब्रस गर्ने बानी बसाल्नुहोस् ।
५) बच्चालाई औला चुस्न नदिनुहोस ,आजभोली बजारमा पाइने नरम खालको pacifier प्रयोग गर्ने दिनुहोस र बेला बेलामा यसलाई तातो पानीमा डुबाएर सफा गरिराख्नुपर्छ ।
६) बिस्तारै दाँत निस्कदै जान्छ अनि दिनमा दुई पटक ब्रस गर्ने बानी बसालौ
७) नियमित ६/ ६ महिनामा दन्त्य चिकित्सकसंग परामर्स गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *