काठमाडौं, चैत्र ०३ , २०२१ को विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको ओम समाज डेन्टल हस्पिटलले नेपाल पर्यटन तथा होटल ब्यबस्थापन प्रतिष्ठान रबि भबन कालिमाटीमा नि:सुल्क डेन्टल,आखा क्याप तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यरत प्रशिक्षक,कर्मचारी तथा अध्यनरत बिधार्थीहरु समेत उपस्थित शिविरमा जम्मा ४५० जना बिरामीको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो भने सबै बिरामीहरुलाई आबस्यता अनुसार नि:सुल्क ब्रस तथा मन्जन तथा औषधि पनि वितरण गरिएको र सीविरमा दन्त रोगका केही विरामीहरुलाई थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।
शिविरमा ओम समाज हस्पिटलका डा।बिन्दु थापा,डा।सम्पदा श्रेष्ठ,डा।युनिषा श्रेष्ठ,डा।स्वेता जेस्वाल, तथा सहाएक साबीत्रा निरौलाको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन नि:सुल्क गर्दै आईरहेको छ । यसअघि पनि यस्ता खालका थुप्रै शिबिर,जनचेतनामुलक कार्यक्रम हरु यस हस्पिटलले सम्पन्न गर्दै आइरहेको छ ।