आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने गरेको यो शब्द चीनको ऊहान शहरबाट कोरोनाभाइरसको संक्रमण फैलिएपछि बढी प्रयोगमा आएको छ ।
कोरोना जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । अनुमान गरिएअनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि कुन जनावरबाट भनेर पत्ता लागिसकेको छैन तर चमेरो बाट सरेको भन्ने पाइएको छ । चीनमा नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरससँग नमिल्ने भएकाले यसलाई ‘२०१९ नोभेल कोरोना भाइरस’ नाम दिइएको छ । यो भाइरस चीनमा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ (2019-nCoV) नाम दिएका छन् ।
कसरी थाहा पाइन्छ ?
जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।
यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।
कोरोना भाइरसका लक्षण
–ज्वरो आउने र खोकी लाग्ने ।
–सास फेर्न गाह्रो हुने ।
–छिटोछिटो सास फेर्ने ।
–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने ।
–समयमा उपचार नभए निमोनिया हुने ।
–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्ने ।
यसको संक्रमणबाट बच्न के गर्ने रु
–व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
– रुघाखोकी लागेका मानिसको नजिक सम्पर्कमा नबस्ने ।
– भीडभाडमा सावधानी अपनाउने ।
– जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने ।
– खोक्दा हाँच्छ्यु गर्दा टाढा बस्ने वा रुमालले मुख छोप्ने ।
– लक्षण देखापरेमा चिकित्सकलाई सम्पर्क गर्ने ।
तेसैले बिगत लामो समय देखि संचालित ओम समाज डेन्टल हस्पिटल चाबहिलले आउने बिरामीको सुबिधा को लागि हाल संक्रमण भइ रहेको कोरोना भाइरस बाट संक्रमित हुन् नदिनका लागि बिरामी लाई आउना साथ् सेनिटाइजर ले हात सफा गरि मुख कुल्ला गर्न लगाउने र बिरामीको तापक्रम नापन यन्त्रले जाच गरेर मात्र बिरामीको दन्त्य उपचार गर्ने पद्धति अपनाइएको अस्पतालका प्रशासन प्रमुख अजय रेग्मी ले जानकारी दिनुभएको छ