OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेण्टल हस्पिटलको सेबा पनौती नगरपालिकामा

काठमान्डौँ माघ २४ सनिबार,गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो, सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जीवन सफल ” नारा का साथ पनौती नगरपालिका कुशादेबीमा नि:सुल्क  दन्त शिविर सम्पन्न गरेको छ ।

पनौती नगरपालिका वडा न २ तथा ३ रहेको कार्यालय भवनमा संचालित नि:सुल्क दन्त्य शिविरमा पनौती नगर पिता  भिम न्यौपाने,वडा अधक्ष्यहरु किसोर थापा,पुर्शोतम अधिकारि,ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य  डा.सुबाश घिमिरे, घिमिरे समाज का अधक्ष्य सम्पत् घिमिरे तथा घामिर बचत तथा ऋण सहकारी का अधक्ष्य ऋषिराज घिमिरेको लगाएत बिभिन्न अन्य बिशिस्ट व्यक्तित्व  हरुको पनि   उपस्थिति रहेको थियो /

कार्यक्रममा बोल्दै पनौती नगर पिता  भिम न्यौपाने ले आफ्नो गाउँ ठाउँमा दाँत मुख को शिबिर संचालन गरेर सेबा दिएकोमा ओम समाज डेन्टल हस्पिटल प्रति खुलेर  प्रसंसा  गर्दै आगामी दिन मा पनि यसरी नै सेबा दिन आग्रह गर्नु  भयो भने कार्यक्रममा डा।सुबाश घिमिरे ले “जस्को दाँत सबल उस्को जीवन सफल ” भन्ने नारा का उदेस्य,लक्ष का बारेमा बोल्नु भएको थियो भने शिविरमा वडा बासिहरुलाई गुणस्तरिय दाँत मुखको नि:सुल्क  सेबा प्रदान गरेको भन्दै वडा अधक्ष्यहरु किसोर थापा,पुर्शोतम अधिकारिले ओम समाज डेन्टल हस्पिटल प्रति आभार प्रकट ब्यक्त गर्नु भयो ।

हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय दुई जना बिरामीहरुको दन्त रोग विशेषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गींजाको उपचार गरिएको थियो भने सबै बिरामी सहभागी हरुलाई नि:सुल्क  ब्रस, मन्जन तथा आबस्यकता अनुसार औषधि पनि  नि:सुल्क बितरण गरिएको र शिविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाह सुझाव पनि दिएको थियो ।

उक्त शिविरमा ओम समाज हस्पिटलका दन्त्य चिकित्सक डा.हर्दिप कौर,डा.बिन्दु थापा आचार्य,हाइजिनिस्ट गायत्रा निरौला तथा सहाएक सावित्रा निरौला लगाएत अन्य चिकित्सक टिमले शिविरको व्यवस्थापन गरेको थियो ।
हस्पिटलले यस शिविरमा पनि सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन  नि:सुल्क  रुपमा गरेको थियो ।

उक्त शिबिर ओम  समाज डेन्टल हस्पिटल तथा  घिमिरे समाज नेपाल को आयोजनामा तथा घामिर बचत तथा ऋण सहकारी, लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग को प्रायोजनमा सम्पन्न भएको थियो /

Leave a Reply

Your email address will not be published. Required fields are marked *