काठमाडौं । चाबहिलको गोपीकृष्ण मार्गमा रहेको ओम समाज डेण्टल हस्पिटलले “जसको दाँत सबल उसको जीवन सफल ” भन्ने नाराका साथ काठमाडौं उपत्यका बाहिर दुई फरक फरक स्थान नि:शुल्क दन्त शिविर सम्पन्न गरेको छ।
यहि आश्विन ३ र ४ गते ओम समाज डेन्टल हस्पिटलले हलेसी खोटांगस्थित यु मि स्कुल तथा आश्विन ४ गते बर्दिबास स्थित श्री उच्च माध्यमिक बिद्यालयमा निस्शुल्क दन्त शिविर सम्पन्न गरेको हो।
दुवै शिविरमा अभिभावक,शिक्षक,शिक्षिका, तथा बिद्यार्थीको नि:शुल्क दन्त उपचार गरिनुको साथै औषधि वितरण समेत गरिएको थियो।
सबैको पहुँचमा दन्त सेवा सहज सुलभ होस् भन्ने लक्ष्यका साथ तथा मुख स्वास्थको मात्र हेरविचार गर्नाेले ९० प्रतिशत अन्य रोग लाग्दैन भन्दै यसअघि पनि उपत्यका भित्र बाहिर सबै वर्गलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरु सम्पन्न गर्दै आएको र भविस्यमा पनि निरन्तता दिने हस्पिटल प्रशासनले बताएको छ।