ओम समाज डेन्टल हस्पिटल र नब अमर कान्त युवा समूह को सहकार्यमा विजय दशमी २०७६ को पाबन अवसरमा एकदिने निस्शुल्कदन्त शिविर पबित्र धार्मिक स्थल पशुपति मन्दिर परिसर काठमाडौं मा सम्पन्न भएको छ । यस अस्पतालले लामो समय देखि दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने र सबै को पहुँच मा उपचार पुराई कोहि व्यक्तिलाई दन्त उपचारबाट बन्चित हुन् नपरोस सबै माझ सुलभ होस् तेसै उदेस्यका साथ् निस्शुल्कदन्त शिविर हरुको आयोजना गर्दै आइरहेको । उक्त शिविर मा ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा।आरति शर्मा, लगायतका चिकित्सक हरुको सहभागिता थियो भने नब अमर कान्त युवा समूह का अध्यक्ष राम आचार्य,उपाध्यक्ष सुदन परियार , महासचिब सुमित खरेल , सचिब बशन्त गजुरेल, कोशाध्यक्ष प्रलाद लामा र सदस्यहरु सुरेस भुजेल,सरस्वती तन्दुकार ,बिमला लामा, अनन्त आचार्य ,शिरु सापकोटा लगायतका व्यक्तित्यो हरुको पनि उपस्थिति रहेको थियो । ओम समाज डेन्टल हस्पिटल चावहिल र नब अमर कान्त युवा समूह को सहकार्यमा हरेक वर्ष हरितालिका तीज,महाशिबरात्री जस्ता बिशेष महत्वपूर्ण चाडबाड हरुमा पबित्र धार्मिक स्थल पशुपति मन्दिर परिसर मा निशुल्कदन्त शिविर र अन्य जनचेतना मुलक कार्यक्रमहरु हुदै आइरहेको छ ।
यस ओम समाज डेन्टल हस्पिटलले बिरामी हरु को सुबिधा को लागि शिविरमा अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्स को प्रयोग गरिएको जसमा डेन्टल चेयर, कम्प्रेसर लगायतका सामाग्रीहरु जडित रहेका छन् ।
यस्ता शिविरसमय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने भक्तजन,बिरामी हरुको भनाइ रहेको थियो। दन्त शिविर मा ३०८ जना भक्तजन हरुले उपचार गराएका थीए र शिबिर बिहान आठ बजे देखि सुरु भई दिउसो ३ बजे सम्म संचालन गरिएको थियो ।