Skip to main content

OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल श्रावण २४, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो, सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जीवन सफल ” नारा का साथ घारी गाउँ युबा क्लबको सहकार्यमा काठमाण्डौ कपन स्थित श्री ग्राम शिक्षा माध्यमिक बिधालय बुढानिलकण्ठ स्कुलमा नि:सुल्क  दन्त शिविर सम्पन्न गरेको छ ।


हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय दुई जना बिरामीहरुको दन्त रोग विशेषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गींजाको उपचार गरिएको थियो भने सबै बिरामी सहभागी हरुलाई नि:सुल्क  ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र शिविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाह सुझाव पनि दिएको थियो ।

उक्त शिविरमा ओम समाज हस्पिटलका दन्त्य चिकित्सक सुमित कुमार सिंह, हाइजेनिस्ट मनिसा बस्नेत असिस्टेन्ट सावित्रा निरौला तथा सबिना घिमिरे, सागर काफ्लेको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले बिगतका शिविरहरुमा पनि  सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन पनि नि:सुल्क  रुपमा गर्दै आईरहेको थियो ।

शिविरबाट यस समुदायका व्यक्तिहरुलाई गुणस्तरिय दाँत मुखको स्वास्थ्य सेबा सुबिधा प्रदान गरेको भन्दै घारी गाउँ युबा क्लबका अधक्ष्यले ओम समाज डेन्टल हस्पिटल प्रति आभार प्रकट ब्यक्त गर्नु भयो ।


हस्पिटलले बिगत देखिनै लगातार निस्शुल्क शिविरहरु संचालन गर्दै बिरामीलाई आजीवन सदस्य कार्ड बितरण गर्दै आइरहेको हस्पिटल प्रशासनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *