OM Samaj Dental Hospital

दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको यस्तो परिस्थितिमा छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमेरिका, युरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पार्दै बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ ।

लक् डाउन को अबधिभर ओम समाज डेन्टल हस्पिटलले दाँत दुख्ने समस्याले हैरान भएका काठमाडौँ उपत्यकामा रहेका असक्त,वृद्ध बृद्धा, तथा अन्य रोगी जसका लागि हस्पिटल आउन सम्भब छैन तेस्ता बर्गलाई लक्षित गर्दै यो विषम परिस्थितिमा पनि उच्च मनोबलका  साथ सामाजिक कार्यको थालनी गर्दै घर घरमा  नि:शुल्क दन्त सेवा कार्यक्रम सम्पन्न गरेको कुरा सबै माझ सर्बबिबिध नै छ ।

घर घरमा नि:शुल्क दन्त सेवा कार्यक्रम अन्तर्गत अस्पतालले सामाजिक सेवाका लागि छुट्याएको २० प्रतिशत रकमबाटै निःशुल्क उपचार गर्दै उपचार खर्च, एम्बुलेन्स यातायात खर्च मात्रै नभएर औषधिसमेत निःशुल्क उपलब्ध गराएको थियो ।

अहिलेको पछिल्लो यो अवस्थामा कोरोना भाइरसको कारण अर्थतन्त्र निकै संकटमा छ । विश्वभरका अर्थशास्त्रीहरुले यसलाई १९३० पछिकै डरलाग्दो हुने गरेर आर्थिक संकट आउने प्रक्षेपण गरेका छन् । नेपालमा पनि कोरोनाले गर्दा आर्थिक बृद्धिदर २.२७ प्रतिशत मात्र हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ ।

त्यसैले कसैले पनि आर्थिक कारणले दन्त्य उपचारबाट बन्चित हु नपरोस भनि ओम समाज डेन्टल हस्पिटलले कोरोनाको महामारीबाट मारमा परेका निम्न व्यक्ति, बर्ग तथा समुदायलाई लक्षित गरी बिभिन्न राहत दिने खालका मुख स्वास्थ राहत उपचार कार्यक्रमहरु ल्याएको छ ।

             होटल एसोसिएसन

             स्कुल कलेजका टिचर तथा कर्मचारी 

             सार्वजानिक यातायातका कर्मचारी

             दैनिक ज्यालादारी  कार्यगरी जीवन ज्ञापन गर्ने व्यक्ति

माथि उल्लेख गरिएका व्यक्ति, बर्ग तथा समुदायले आफ्नो परिचय खुल्ने कागज पेस गरेमा यो मुख स्वास्थ उपचार राहत लिन पाउने ब्यबस्था मिलाइएको अस्पताल प्रसासनले जानकारी दिएको छ  ।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *