OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल मंशिर १९  । ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौको बुढानिलकण्ठ स्थित् मानब अधिकारका लागि एकल महिला समुहमा नि:शुल्क  दन्त शिविर सम्पन्न गरेको छ ।

उक्त शिविरमा डा.सुभास घिमिरे लगाएत चिकित्सकको टोलीले ६५ जना वृद्धाको दाँत, मुख र गिजाको उपचार गरिएको थियो । शिविरमा आबस्यक औषधि,ब्रस मन्जन वितरण गरिएको थियो ।

मानव अधिकारको लागि महिला, एकल महिला समूह विगत २०५२ सालमा स्थापित भई एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने गैर सरकारी सामाजिक संस्था हो । नेपाल राज्यको ७७ जिल्लाहरुको विभिन्न गा।वि।स तथा नगरपालिकामा समूह गठन गरी सशक्तिकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै एकल महिलाहरुलाई स–सम्मान पहिचान तथा परिर्वतनका बाहकको रुपमा तयार गर्न समेत संस्था स्थापनाकाल देखी अग्रसर रहेको छ ।

यस अघि ओम समाज डेण्टल हस्पिटल र मानव अधिकारको लागि महिला, एकल महिला समूह बीच सामाजिक कार्यमा हातेमालो,सहयोग,सहकार्य गर्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *