OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेन्टल हस्पिटल द्वारा जेष्ठ नागरिक सम्मान तथा निशुल्क दन्त्य परिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कोभिड– १९ अर्थात् कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बन्दै आएको छ। कोरोनाका कारण विश्वको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ । भाइरसले विश्वमा ज्येष्ठ नागरिकलाई त अझ बढी नै प्रभावित पारेको छ। ज्येष्ठ नागरिक यस संक्रामक रोगबाट निकै आक्रान्त बनेका छन्।
एकातिर ज्येष्ठ नागरिक आफ्नै शारीरिक पीडा तथा मानसिक तनावमा बाँचिरहेका छन्। त्यसमा झन् कोभिड– १९ को संक्रमणबाट आहत भएका छन्। बूढाबूढीको कमजोर बन्दै गएको शरीरलाई यसले अझ प्रभाव पार्ने हुँदा ज्येष्ठ नागरिकप्रति हामीले बढी नै सजग हुनुपर्ने देखिन्छ। ज्येष्ठ नागरिक अहिले पनि असमानता, भेदभाव र वृद्ध भएका कारण उल्लिखित यी अधिकारबाट वञ्चित भइरहेका उनीहरुलाई पौष्टिक आहार वितरणका साथै,दन्त्य स्वास्थ्य परीक्षण गराई आवश्यक औषधि समेत प्रदान गरेको छ ।


शनिबार वडा नम्बर १२ को आयोजनामा लाएन्स क्लब अफ काठमान्डू इन्द्र अन्नपूर्ण योग र बालसचेतना केन्द्र नेपाल तथा ओम समाज डेन्टल हस्पिटलको विशेष स्वास्थ्य सहकार्यमा भएको कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेलले जेष्ठ नागरिकहरुको लागि स्थानिय सरकारले हरेक तवरबाट सहयोग गरिरहेको बताएका छन् । उनले ज्येष्ठ नागरिकहरुलाई सम्मान, कदर गर्न र उनीहरुको मनोबल उच्च राख्न सम्मानका साथै स्वास्थ्य परिक्षण गरिएको बताए । जेष्ठ नागरिकहरु देशको अभिभावक रहेकाले हरेक क्षेत्रबाट सम्मान गरिनुपर्ने बताउँदै उनले आगामी दिनमा जेष्ठ नागरिकहरुको लागि थप नयाँ योजना ल्याई सहयोग र सम्मान गर्न आफु प्रतिबद्ध रहेको बताए ।
वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले कोभिडका कारण विभिन्न कार्यक्रम रोकिएको बताउँदै आर्थिक वर्षको अन्त्यमा आएर बृद्धवृद्धालाई सम्मान गर्नु सामाजिक दायित्व रहेकाले वडाका बाआमाहरुलाई सम्मान गरिएको बताए ।

   
कार्यक्रममा कोभिड–१९ (एन्टिजेन्ट) परिक्षण,ओम समाज डेन्टल हस्पिटलका चिकित्सकहरु डा शोभा योंगहांग,डा।भाबना तामांग र डेन्टल हाइजिनिस्ट राममाया काउचा,सहाएक सावित्रा निरौलाको सहभागितामा १२५ जना भन्दा बढी जेष्ठ नागरिकहरुको दन्त परीक्षण गरिएको थियो । साथै, कार्यक्रमा जेष्ठ नागरिकहरुलाई दोसल्ला र पौष्टिक आहार प्रदान गरी सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा जेष्ठ नागरिकहरु लगाएत उपस्थित सम्पूर्णलाई वरिष्ठ समाजसेवी राजु कार्कीले खानाको व्यवस्था गरेका थिए । पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुलमा अयोजित कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई, वडा नम्बर ११ का अध्यक्ष राजु अधिकारी, नगर कार्यपालिका सदस्य शान्ता ढकाल, विभिन्न वडाका जनप्रतिनिधिहरु, महिला संजालका अध्यक्ष सुमिता श्रेष्ठ, टोल सुधार समितका, महिला समूहका प्रतिनिधिहरु, नगर प्रहरी, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ, पत्रकार एवम् समाजसेवी राजन थापा, समाजसेवी लक्ष्मी बस्नेत, गजेन्द्र ढकाल, पत्रकार पुण्यराज पुडासैनी, समाजसेवी, पत्रकार लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *