OM Samaj Dental Hospital

Categories
news

कोभिड–१९ को महामारीमा सामाजिक कार्यका लागि बिभिन्न समाजसेबी तथा राष्ट्रसेबकहरुको सहयोगी हात

गतबर्षको लक् डाउनको समयमा ५५० भन्दा बढी बिरामीलाई नि:सुल्क  दन्त सेबा घर घरमा प्रदान गरेको ओम समाज डेन्टल हस्पिटलले यस पटकको निषेधाज्ञामा पनि सामाजिक कार्यका लागि एउटा सानो प्रयासको थालनी दोस्रो पटक पनि सुरुवात गर्ने भएको छ /

बिश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारी नेपालमा समेत फैलिएको र काठमाडौँ उपत्यकामा समेत संक्रमण तिब्ररुपमा बढेर आम विरामिहरुलाई असहज भएको मध्य नजर गर्दै ओम समाज डेन्टल हस्पिटल, बिभिन्न समाज सेबी तथा राष्ट्रसेबकहरुको सहयोगी हात, जसमध्य ज्ञानेन्द्र शाही, क्याप्टेन विजय लामा ,कर्ण बहादुर शाही ,पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल , डा।सुभास घिमिरे, अधिवक्ता संजय राज अधिकारी ,  वरिष्ठ कलाकार निर्मल शर्मा,केदार घिमिरे  लगाएतको सहयोगमा नि:सुल्क प्राथमिक र आकस्मिक स्वास्थ सेबा, मुख तथा दन्त्य सेबा र २४/७ एम्बुलेन्स सुबिधा उपलब्ध गराउने भएको छ /

यस महान कार्यका अभिएन्ता तथा वरिष्ठ  दन्त्य चिकित्सक डा।सुभास घिमिरेले यस कार्यक्रम अन्तर्गत जो गरिब,दुखि असाहय छ वा एम्बुलेन्स सुबिधा लिन अफ्ठ्यारोमा छ तेस्तो व्यक्तिको लागि सेवाको भावले हामीले पूर्ण सहयोग गरि सम्भब भएसम्म हस्पिटल खोजि पुर्याउने, आबस्यता अनुसार उसलाई नि:सुल्क प्राथमिक र आकस्मिक स्वास्थ सेबा दिने हो, सक्दो सहयोग गर्ने हो तर यति गर्दा गर्दै कुनै कारणबस उसको मिर्त्यु हुन् गएमा हाम्रो जिम्बेबारी हुने छैन भन्ने कुराको जानकारी दिदै उक्त महान कार्यक्रमको बारेमा यस निषेधाज्ञाको अबस्थामा अन्योलमा बसीरहेका नेपालीहरु माझ यो खबर, समाचार प्रसारण गरि सहयोग गर्नहुन सम्पूर्ण पत्रकार ,समाचारदातामा हार्दिक अनुरोध गर्दै साथै यस महान अभियानमा जोडिन , सहभागी हुन् सम्पूर्णमा आब्व्हन समेत गर्नु भएको छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *