OM Samaj Dental Hospital

Categories
news

तराई विकास तथा सञ्चार केन्द्र द्वारा ओम समाज डेन्टल हस्पिटल सम्मानित

जेष्ठ ३१ काठमाडौँ, तराई विकास तथा सञ्चार केन्द्र, नेपालको आयोजना तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा भएको “मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रम सम्पन्न भएको छ ।

महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रमलाई प्रस्ट्याउँदै कोरोनाको महामारीमा  ओम समाज डेन्टल हस्पिटलले गरेका सामाजिक कार्यको खुलेर प्रसंसा गर्नुभयो भने  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले ओम समाज डेन्टलले यस्तो कोरोनाको महामारीमा पनि आफ्नो पेशागत मर्यादा निर्वाह गर्दै सदैब सामाजिक कार्यमा समर्पित ओम समाज डेन्टल हस्पिटलका कार्यको उच्च मूल्यांकन गर्दै सबैलाई मुख स्वास्थमा जोडदिन आग्रह गर्नु भएको थियो । यसै कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलका सामाजिक कार्यको उच्च मूल्यांकन गर्दै यस्तो प्रसंसनिय कार्य गरेवापत सञ्चारकेन्द्रको तर्फबाट सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा डा.घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताउनुभयो । उहाँले कोरोना भाइरसबाट सुरक्षित रहन नियमित आठ अचुक उपायहरु योग, खानपान,  नियमित प्राकृतिक घाममा बस्ने ,सामाजिक दुरी कायम, दाँतको सरसफाईमा ध्यान दिनुपर्ने लगाएत उपायहरु बताउनुभयो ।
कार्यक्रममा बोल्दै ओम समाज डेन्टल अस्पतालका बरिस्ठ दन्त्य चिकित्सक डा.सुवास घिमिरेले यतिखेर मुलुक बन्दाबन्दीको अवस्थाबाट गुज्रिएर यो अबस्थामा छ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस covid 19 को  अवस्थामा ओम समाज डेन्टल हस्पिटल आफ्नो पेशागत मर्यादा निर्वाह गर्ने क्रममा सकेसम्म आफु सुरक्षित रही काठमाडौँ उपत्यकामा रहेका असक्त, वृद्ध बृद्धा, तथा अन्य रोगी जसका लागि हस्पिटल आउन सम्भब छैन त्यस्ता बर्गलाई लक्षित गर्दै यो विषम परिस्थितिमा पनि उच्च मनोबलका साथ सामाजिक कार्यको थालनी गर्दै घर घरमा नि:सुल्क  दन्त सेवा कार्यक्रम सुरु गर्दै जाने क्रममा पछिल्ला दिनहरुमा अग्रपन्तीमा रहेर समाचार सम्प्रेषणको लागि अहोरात्र खटिरहेने सञ्चारकर्मीलाई पनि लक्षित गर्दै सञ्चार केन्द्र नेपालको आयोजनामा नि:सुल्क  दन्त सेवा कार्यक्रम थप गर्दै यहाँसम्म आइपुगेका छौ ।

हामीले शरीर कमजोर भएका, अशक्त, बुढा बुढी, क्यान्सर पीडित, मुटु र अन्य शाररिक जोखिम भएकाहरु धेरै भिड भाडमा जाँदा र अस्पतालमा गई आफ्नो पालो पर्खिएर बस्नुपर्दा उहाँहरुमा रोग संक्रमणको जोखिम झनै बड्ने देखियो । त्यसैले त्यस्ता व्यक्तिहरुलाई संक्रमणको जोखिम बड्न नदिन हामी दन्त चिकित्सक टोलीहरु आफ्नो सम्पूर्ण सुरक्षाका साथ ती बिरामीहरुलाई घर घरमै गएर उपचार दिन सुरु गरेका हौ ।
यो लकडाउन अवधिभरि १५० भन्दा बढी संचारकर्मी तथा सर्वसाधारण व्यक्ति ३४९ गरि जम्मा ४९९ जनाको नि:सुल्क  दन्त्य उपचार गरिएको जानकारी दिनुभयो ।

 

गत वर्ष पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका बिभिन्न जिल्लाहरु जस्तै रामेछाप,कटारी,सिन्धुपाल्चोक,दोलखा,काभ्रेपलान्चोक लगाएतका बिभिन्न १००४ स्थानमा नि:सुल्क  दन्तशिबिर संचालन  गर्न सफल भयौ र यातायातको पहुच पुगेको ग्रामिण क्षेत्रका सबै स्थानहरुमा अत्याधुनिक सुबिधा सम्पन्न डेन्टल भ्यान (जस्मा डेन्टलमा प्रयोग हुने सबै सामग्रीहरु जडित ) को प्रयोग गरि सेवा दिएका थियौ र हामीले नि:सुल्क  दन्त्य शिबिरसंगै स-साना बिधार्थीहरुको लागि कसरी ब्रस गर्ने तथा मुख स्वस्थ राख्न के के गर्ने भन्ने बारेमा जानकारी मुलक कार्यक्रमहरु बिभिन्न स्कुलहरुमा संचालन गरिरहेको र आगामी दिनमा यसलाई अझ प्रभाबकारी बनाउने बताउनु  भयो   /

गरिब तथा आर्थिक अबस्था कमजोर भएकालाई नि:सुल्क  दन्त्य उपचार अन्तर्गत यस हस्पिटलले लकडाउन हुनु अगाडी चितवनका निरज रानाभाटको निजि अस्पतालले दुई लाख पचास हजार लाग्छ भनेको उपचार हामीले नि:सुल्क  शल्यक्रिया सहित निज तथा बिरामी कुरुवालाई खान बस्न लगाएत सम्पूर्ण ब्यबस्था गरेका थियौ र हामीले यस्ता खालका पूर्ण नि:सुल्क  उपचार २२१५ जनालाई र आधा रकममा उपचार ७११० जनालाई गरेको  बताउनु भयो।

गत  वर्ष देखि “जसको दाँत सबल उसको जीबन सफल “भन्ने नारा लिई हामी  अघि बढी रहेका छौ यसै अन्तर्गत सबै क्षेत्र तथा वर्गको लागि दन्त्य उपचार सहजै रुपमा पुर्याउने उद्देश्यका साथ हामीले बिभिन्न संघ संस्थाहरु संग सहकार्यमा जोड दिंदै पिडित व्यक्तिलाई सरल उपचारको लागि उक्त संघ संस्थाको सिफारिस पत्रको आधारमा बिरामीलाई उपचार खर्चमा छुटको ब्यबस्था गरि उपचार गर्ने कार्यको थालनी भएको र अब लक डाउनपछि यस अस्पतालले  पत्रकार तथा कोरोनाबाट पिडामा परेका समुदाय वर्गलाई लक्षित गर्दै मुख स्वस्थ उपचार राहत कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।

 पत्रकार तथा संचारकर्मी
 होटल एसोसिएसन
 स्कुल कलेजका टिचर तथा कर्मचारी
 सार्वजानिक यातायातका कर्मचारी
 दैनिक ज्यालादारी कार्यगरी जीवन ज्ञापन गर्ने व्यक्ति

कार्यक्रममा काठमाडौंका जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले यस्तो परिस्थितिमा ओम समाज डेन्टल हस्पिटलले गरेको सामाजिक कार्यको उच्च मूल्यांकन गर्दै सामाजिक दुरी कायम लगायत सर-सफाईलाई ध्यानमा  राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *