दाँतको समस्या धेरैलाई हुन्छ । चाहे दाँत किरा लागेर देखा पर्ने समस्या होस् वा अन्य कारणले हुने समस्या नै किन नहोस् । दाँतमा धेरैलाई देखिने समस्या दाँत किराले खाने, दाँत फाट्टीयर आउने तथा चोट लागेर दाँत टुक्रिएर जाने हो । यस्तो समस्याको लागि फिलिंग (सिमेट भरेर) समाधान गर्ने धेरैको रोजाई बनेको छ ।
दाँत किन भर्नुपर्छ :
दाँतमा देखिने विभिन्न समस्याको समधानको लागि दाँतमा सिमेन्ट (फिलिंग ) भरिन्छ । दाँत किराले खाँदा, किराले खाएको स्थान सफा गरेर पुर्न,भर्ने लाइ फिलिंग भनिन्छ । दाँत भाँचिदा वा फुट्दा टाल्नको लागि । दाँतको खाली ठाउँ भर्न । दाँतमा सौन्दर्यता ल्याउनको लागि पनि दाँतमा गरिन्छ ।
भरेपछि ध्यान दिनुपर्ने कुराहरु:
धेरैको बानी हुन्छ कि दाँतमा सिमेन्ट भरेपछि सकियो । भरिएको सिमेन्ट बारे कुनै सावधानी अपनाउनु पर्दैन । यस्तै सोच र व्यवहारका कारण सिमेन्ट भरिसकेपछि विभिन्न समस्या देखापर्छ । तर सिमेन्ट भरेपछि बढी साह्रो, गुलियो, दाँतमा टासिने कुरा खानुहुँदैन् । साथै सिमेन्ट भर्ने बित्तिकै एक घण्टा जति केही पनि नखाँदा राम्रो । यसोगर्दा भरेको सिमेन्ट उक्किनुको साथै अन्य समस्या निम्ताउन सक्छ । दाँतमा सिमेन्ट भरिसके पछि यसको सुरक्षाको लागि सधै सचेत रहनुपर्छ । दाँतमा भरिने सिमेन्ट विभिन्न प्रकारका हुन्छन् : अमाल्गम, मिराकल मिक्स, जिआसी,कम्पोजिट आदि इत्यादि । यी मध्ये सबै कस्मेटिक उपचार मा सबै भन्दा बढी प्रयोगमा आएको कम्पोजिट फिलिंग मानिन्छ । दन्तरोगलाई तुलनात्मक रुपमा अलि महंगो उपचार मानिन्छ । एक त दाँतमा कुनै पनि समस्या आउन नदिनु नै उत्तम । यदि लागिहाले पनि बेलैमा उपचार गर्नुपर्छ । अन्यथा गिजा लगायत मुखमा अझ समस्या बढ्न सक्छ ।