OM Samaj Dental Hospital

दाँतको जरा देखि गरिने उपचार लाई रुट क्यानल उपचार(rct) अथवा जरा देखि भर्ने भनिन्छ । दाँतको तीनवटा भाग (लिएर )हुन्छन् ।

पहिलो भाग – इनामेल
दोस्रो भाग – डेन्टिन
तेस्रो भाग –पल्प (नरम मासु,पदार्थ )

दाँतको तेस्रो भित्रि भागमा रहेको नरम पदार्थ जुन स्नायु, रक्त संचारसंग जोडिएको हुन्छ । प्राय : दाँतको जरामा एक भन्दा बढी पल्पहरु हुन्छन , तर सबै दाँतमा कम्तिमा एउटा पल्प अनिबार्य हुन्छ।

जब दाँतमा दन्त्य सडन  , कुनै कारणले फुटेमा, घोटीएर वा अन्य कारणले दाँतको तेस्रो भागसम्म पुग्छ त्यसपछि अत्यन्त दुख्ने हुन्छ त्यस्तो अबस्थामा दाँतलाइ जोगाई राख्नको लागि जरादेखि (rct) उपचारको आबस्यकता पर्छ । यो उपचारको अबस्था हेरी दुई तरिकाले गर्ने  गरिन्छ ।

क) सामान्य अबस्था छ भने एकै पटकमा गरिने
ख) पटक पटक सफा गर्दै गरिने

यस उपचारमा संक्रमण भएको भाग वा संक्रमण गराउने भागलाई निकालेर सफा गरि दाँतको जराको फेदसम्म कुनै संक्रमण नहोस भनि कुनै बस्तुले सिल गरि भरिन्छ यसरी सिल गरि  गरेको दाँतमा रक्त संचार नहुने हुनाले (rct) उपचार पछि खोल (crown ) लगाउँदा उत्तम हुन्छ ।
दाँतमा कभर (खोल ) लगाउँदा उक्त दाँत फुटने, टुक्रिने समस्या रहदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *