बुद्धि बंगारा भनेको एक पटक १७ वर्ष देखि ढिलोमा २५ वर्ष सम्म आउने अन्तिमको दात हो । बुद्धि बंगाराहरू मुखको अन्तिमभागमा निस्कने वयस्क दाँत हुन् जुन धेरै व्यक्तिको मुखमा चार बुद्धि बंगाराहरू हुन्छन् – दुई शीर्षमा तल र माथि गरि ।
बुद्धि बंगारा पर्याप्त ठाउ भयमा सजिलै निस्कन्छ तर तेस्तो पर्याप्त ठाउ नभएको खण्डमा बा सजिलै निस्कननपाएमा दुख,पिडा दिन्छन ।
कुनै बेला बुद्धि बंगारा दाँतले पीडा, अन्य दाँतलाई क्षति र अन्य दन्त समस्याहरू निम्त्याउन सक्छन । भने केहि अवस्थाहरूमा, बुद्धि बंगाराहरूले कुनै पनि समस्याहरू निम्त्याउँदैनन्। कुनै पनि समस्याहरू ननिमत्याय पनि अन्तिममा भएको ले सफा गर्न गाह्रो हुने भएकोले तिनीहरूले अन्य दाँत भन्दा छिटो समस्या दिन्छन किनभने त्यो भाग लाई राम्रो संग सफा गर्ने कठिनाइ हुन्छ ।
समस्या दिएको बुद्धि बंगारा दाँत जसले जटिलता निम्त्याउँछ सामान्यतया सबै दन्त्य चिकित्सकहरूले पनि हटाउन सिफारिस गर्छन् जसले भविष्यका समस्याहरूलाई रोक्न सहयोग गरोस ।
लक्षण
सबै बुद्धि बंगारा दाँतले पिडा दिदैन,नोक्सान पनि गर्दिन तर कुनै ले धरै कुनै ले थोरै समस्या दिन्छन। ,पिडा नोक्सान गर्दा निम्न लक्षणहरु देखा पर्छन ।
बुद्धि बंगाराको त्यो भाग रातो हुन्छ ।
त्यो भागको गिजाबाट रगत आउने समस्या देखा पर्छ ।
बुद्धि बंगाराको त्यो भाग वरिपरि सुजन देखा पर्छ ।
सास गनाउछ ।
मुखबाट नमिठो स्वाद आउछ ।
बोल्दा बा मुख खोल्लंमा कठिनाई हुन्छ ।
यदि तपाई लाइ यी समस्याहरु भएमा निम्न जटिलता हरु समस्याहरु हुन सक्छ।
जटिलताहरु
तपाइको अन्य दाँतलाई नोक्सान पुर्याउछ ।
बुद्धि बंगारा दाँतले दोस्रो दात् लाई धक्का दिन्छ
यसले दोस्रो दाँतको भागलाइ पनि बिगार्न सक्छ वा त्यस क्षेत्रमा संक्रमणको जोखिम बढाउछ ।
यसको दबाबले अन्य दाँतहरूमा पनि बांगोटिंगो हुने समस्या उत्पन्न गर्न सक्छ र दाँत सीधा गर्न ओर्थोडोन्टिक उपचारको आवश्यक पर्दछ।
बुद्धि बंगाराको असरले मुखको हड्डीमा थैलीको विकास हुन्छ।त्यो थैली तरल पदार्थले भरिन सक्छ, र सिस्ट बन्छ र तेस्ले बोन, दाँत र नसालाई हानी पुर्याउँछ। कसैलाइ ट्यूमर पनि हुन् सक्छ यो जटिलताको लागि सल्यक्रिया गरि टिश्यु र हड्डी हटाउन पनि पर्न सक्ने हुन् सक्छ ।
रोकथाम
तपाईहरुले आफै बुद्दी बंगाराको असर हुनबाट रोक्न सक्नुहुन्न, तर नियमित सर सफाई र चेकअपका लागि छ-छ-महिनाको फरकमा दन्त चिकित्ससंग नियमित चेक जाच गराईराक्नु पर्छ । यसरी नियमित रूपमा चेक जाच गरि चिकित्सक को सल्लाह मा गरिएको डेन्टल एक्स-रेमा कुनै लक्षणहरू देखा पर्नु अघि यसको उपचार गर्न सकिनेछ ।