अभियानका अभियन्ता निखिल उप्रेती ‘कोभिडको कारण देखाएर सामाजिक दूरी यति कायम हुन थालिसक्यो कि अब यसले भावनाको दूरी पनि टाढा नबनाउनु भन्ने हो, ‘यति पनि परपर नहुनुस् कि सधैं पर हुनु नपरोस् । आत्मबल त पर भएर हैन नजिक भएर बढ्ने हो । त्यसका लागि मनोबल उच्च बनाउन सके इम्युनिटी बढ्छ
तेस्तै अभियन्ता डा। सुवास घिमिरेले भने, ‘त्यसैलाई परिष्कृत गर्दै मनोसामाजिक परामर्श दिने उद्देश्यले मेची महाकाली अभियानमा निस्केका हौ“ ।
ओम समाज डेन्टल अस्पतालको एउटा एम्बुलेन्सबाट काठमाडौँ उपत्यकाका लागि सुरु भएको कोभिड–१९ विरुद्धको निःशुल्क एम्बुलेन्स सेवा तथा निःशुल्क प्राथमिक उपचार एवं परामर्श अभियानले मेची-महाकाली यात्रा मार्फत राष्ट्रिय अभियानको रूप ग्रहण गरेको छ ।
पहिलो चरणमा रामेछाप, सोलुखुम्बु, ओखलढुङ्गा, गाईघाट ,सिन्धुली तथा आसपासका जिल्लामा गएर जिल्लामा रहेका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकी साथै गाउँपालिका र नगरपालिकाहरूमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन प्रयोग हुने अत्यावश्यक सामाग्री वितरण गरि , आवश्यक मनोसामाजिक परामर्श दिई तथा विभिन्न क्वारेन्टाइन, आइसोलेसन वा घरमा बसेका कोभिड बिरामीहरूलाई र कोभिड नलागेकाहरूलाई पनि के कसरी बच्ने भन्ने उचित परामर्श दिइएको छ ।
ओम समाज डेन्टल अस्पतालले कोभिड १९ को अघिल्लो भेरियन्टको बेला २०७६ साल चैत महिनाबाट भएको लकडाउनको अवधिमा पनि अशक्त, वृद्धवृद्धा र अस्पताल आउन सम्भव नहुने स्थितिका रोगीलाई तिनकै घरमा गएर निःशुल्क दन्त सेवा प्रदान गरेको थियो ।